करिब ७५ लाख मुल्य बराबरको ब्राउन सुुगरसहित दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टीटोलका ३५ वर्षीय महिन अन्सारी तीन सय २५ ग्राम ब्राउन सुुगरसहित पक्राउ परेका हुन् ।
अन्सारीलाई प्रहरीले दाङको लमही नगरपालिकाको अमेलियाबाट पक्राउ गरेको हो । अन्सारीले शरीरमा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हो ।