पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन्।

साेमबार बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहजरुपमा लिइदिन अपिल गरेका छन्।

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिह्न हो। तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरुमा अपिल गर्दछु।’

छ महिना पहिला एकता भएको राप्रपाले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको छ। एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको हो। साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाव चिह्न हो हलो।
 

प्रकाशित मिति: : 2020-09-22 10:00:20

प्रतिकृया दिनुहोस्