वेष्ट ह्यामका प्रशिक्षकसहित दुई खेलाडीमा कोरोना संक्रमण

इंग्लिस प्रिमियर लिग क्लब वेष्ट ह्याम युनाइटेडका प्रशिक्षक डेविड मोयजसहित दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

५७ वर्षका मोयज तथा २३ वर्षका डिफेन्डर इसा डिओप र २४ वर्षका मिडफिल्डर जोश कुलेन संक्रमित भएका हुन् ।

काराबाओ कप फुटबल अन्तर्गत मंगलबार रातिको हल सिटीसँगको खेलको तयारी गरिरहेका बेला उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। 

सो खेलमा वेष्ट ह्याम ५–१ गोल अन्तरले विजयी भएको थियो।

संक्रमण पुष्टि भए लगत्तै प्रशिक्षक तथा खेलाडी रंगशालाबाट बाहिरिएर घर गएको क्लबले जनाएको छ।

तीनैजनामा कुनै पनि लक्षण देखिएको थिएन । यद्यपी उनीहरु तीनैजना हाल सेल्फ आइसोलेशनमा बसेका छन्। 

यता प्रशिक्षक मोयजको अनुपस्थितिमा एलन इरविनले जिम्मेवारी सम्हालेका छन् ।
 

प्रकाशित मिति: : 2020-09-23 06:40:53

प्रतिकृया दिनुहोस्