निजगढ विमानस्थलमा जुरिचको पर्खाइ, नआए सरकारले आफैं आँट्ला ?

अनलाइनखबर

काठमाडाै‌

७ असोज, काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै २०७६ साउनमा पर्यटनमन्त्री योगेश भट्टराईले २ वटा सार्वजनिक मञ्चमा भनेका भनेका थिए, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मंसिरभित्रै शिलान्यास हुन्छ ।’ तर, यो आयोजना निर्माणबारे अझै सरकार अन्योलमा छ ।

निर्माणको चर्चा सुरु भएको २५ वर्ष बित्दा पनि यो विमानस्थलको निर्माण कसरी अघि बढ्छ भन्ने अन्योल कायमै छ । मन्त्री भट्टराईले पनि यसको गाँठो फुकाउन सकेका छैनन् । 

राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले वैदेशिक लगानी ल्याएर अघि बढाउन खोजेको छ । तर, अझै यो विमानस्थल जिम्मा लिने कम्पनी र निर्माणको मोडालिटीको टुंगो लागेको छैन ।

२ वर्ष भएको लगानी सम्मेलनमा परेका प्रस्तावमध्येबाट जुरिच एयरपोर्ट इन्टरनेशनल एजी आयोजनाको लागि छानिएको थियो । आधा दर्जन कम्पनी मध्येबाट छानिएको जुरिचलाई सरकारले यो आयोजनाबारे आफ्नो विस्तृत प्रस्ताव पठाउन भन्दै आएको छ ।

पछिल्लो पटक दिइएको सयमसीमा अनुसार विमानस्थलको निर्माणको जिम्मा लिन जुरिचले आगामी एक साताभित्र आफ्नो प्रस्ताव सरकारलाई दिइसक्नुपर्छ । समय घर्कनै लागिसकेको अवस्थामा समेत यो कम्पनीले विस्तृत प्रस्ताव बुझाउने संकेत भने दिइसकेको छैन ।

सरकारले जुरिचलाई फागुन २०७६ को समय दिएर निर्माणको प्रस्ताव पेश गर्न भनेको थियो । फागुनमा विश्वव्यापी महामारी सुरु भइसकेको थियो । त्यसपछि सरकारले यो अवधि ३० सेप्टेम्बर २०२० (१५ असोज २०७७)सम्म थप गरेको थियो ।

प्रकाशित मिति: : 2020-09-23 10:10:45

प्रतिकृया दिनुहोस्