एयरलाइन्सले प्याकेज ल्याएपछि नाट्टा र टानको विरोध

सरकारले आन्तरिक उडान खुला गरेसँगै वायु सेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले डोमेस्टिक टुरिजम प्याकेज ल्याएका छन्। योसँगै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)ले संयुक्त रुपमा विज्ञप्ति जारी गरी विरोध गरेका छन्।

नाट्टाका अध्यक्ष अच्यूत गुरागाई र टानका अध्यक्ष खुमबहादुर सुवेदीद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गरी हवाई कम्पनीहरुले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन्।

हवाई कम्पनीले आफूहरुको व्यवसायमाथि हस्तक्षेप गरेको ठहर गर्दै यस्ता कार्यहरु बन्द गर्नसमेत अनुरोध गरेका छन् । पछिल्लो समय बुद्ध र यतीले आन्तरिक पर्यटनलाई प्रोत्साह गर्न भन्दै सस्तो प्याकेज सार्वजनिक गरेको थियो ।

एयरलाइन्स र होटल आफैं टुर र ट्रेकिङ प्याकेज बेच्न थालेपछि टुर तथा ट्रेकिङ एजेन्सीहरु के अब बन्द गरेर खाँडी मुलुकतिर जाऊ’ भनेर पर्यटन व्यवासायीहरुले आक्रोश पोखेका छ्न्।

‘एयरलाइन्स र होटलले यी सेवाहरु बेच्न सरकारले अनुमती दिएको छ? जुन जुन होटेल र एअरलाइन्सहरुले यस्तो प्याकेज बेच्छन् ती होटेल र एअरलाइन्स बहिस्कार गरौं भन्ने व्यवासायीवाट आवाज उठ्न थालेको छ।

‘ती होटेल र एअरलाइन्सहरुबाट हामी टुर एवम् ट्रेकिङ एजेन्सीले टिकट नकाटौं, होटलहरु प्रयोग नगरौं भनेर भनेर समाजिक सञ्जालमा पोस्टहरु समेत देखिन थालेका छ्न्।

बुद्धले बुद्ध होलिडेजले प्याकेज सार्वजनिक गरेको हो भने यतीले एयरलाइन्समार्फत नै प्याकेज ल्याएको हो । 

 ‘अब एयरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने मूल नाराका साथ यती एयरलाइन्सले १६ गन्तव्यको आकर्षक प्याकेज सार्वजनिक गरेको छ।

अक्टोबरदेखि लागू हुने गरी सहुलियत दरका भ्रमण प्याकेजहरू सञ्चालन गर्न लागिएको उनको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने विश्वासका साथ सार्वजनिक गरिएको प्याकेजमा दुईतर्फी हवाई टिकट, होटलमा बस्ने खाने, यातायात सुविधा र आवश्यकताअनुसार टुर गाइडको व्यवस्था समावेश हुनेछ ।

हालका लागि पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जङ्गल सफारी चितवन र रारा भ्रमणका कार्यक्रमहरू छन् । काठमाडौं आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित बस्ने होटलको व्यवस्था छ । यी प्याकेजहरू सेल्स अफिस, ट्राभल एजेन्सी, साझेदार होटलहरू, बेवसाइट तथा अनलाइनमार्फत खरिद गर्न सकिने जनाएको छ ।

भ्रमण प्याकेज खरिद गर्ने पहिलो १ सय जना खरिदकर्ता यात्रुहरूलाई आकर्षक उपहार दिनुको साथै भ्रमण प्याकेज खरिदकर्ता यात्रुहरूले सप्ताहव्यापी ‘लक्की ड्र’ मार्फत उपहारसमेत पाउन सक्ने उल्लेख छ ।

यस्तो छ प्याकेज

  • एभरेष्ट ट्रेलको ४ रात ५ दिनका लागि १३ हजार ९ सय ९९ रुपैयाँसम्म
  • रारा २ रात ३ दिनका लागि २४ हजार ९ सय ९९ रुपैयाँसम्म
  • पोखरा २ रात ३ दिनका लागि ७ हजार ९ सय ९९ देखि ५ हजार ९ सय ९९ रुपैयाँसम्म 
  • जङ्गल सफारी चितवन २ रात ३ दिनका लागि १६ हजार ९ सय ९९ देखि १२ हजार ९ सय ९९ रुपैयाँसम्म
  • मुक्तिनाथ दर्शन जोमसोम(तल्लो) को ३ रात ४ दिनका लागि १२ हजार ९ सय ९९ रुपैयाँसम्म
  • मुक्तिनाथ दर्शन जोमसोम(माथिल्लो) ४ रात ५ दिनका लागि १६ हजार ९ सय ९९ रुपैयाँसम्म
  • अन्नपूर्ण फुटहिल ट्रेल घान्द्रुक ५ दिन ६ रातका लागि ११ हजार ९ सय ९९ रुपैयाँसम्म
  • अन्नपूर्ण लक्जरी ट्रेल घान्द्रुक ४ रात ५ दिनका लागि १९ हजार ९ सय ९९ रुपैयाँसम्म

तीमध्ये आकर्षक प्याकेज यस्तो छ 

  • काठमाडौं पोखराको २ रात ३ दिनका लागि १० हजार ९ सय ९९ देखि ६ हजार ९ सय ९९ रुपैयाँसम्म
  • काठमाडौं विराटनगर २ रात ३ दिनका लागि ११ हजार ९ सय ९९ देखि ७ हजार ९ सय ९९ रुपैयाँसम्म
  • काठमाडौं भैरहवाको २ रात ३ दिनका लागि ११ हजार ९ सय ९९ देखि ७ हजार ९ सय ९९ रुपैयाँसम्म
  • काठमाडौं भद्रपुरको २ रात ३ दिनको १२ हजार ९९९ देखि ८ हजार ९ सय ९९ रुपैयाँसम्म
  • काठमाडौं भरपुरको २ रात ३ दिनको १२ हजार ९ सय ९९ देखि ८ हजार ९ सय ९९ रुपैयाँसम्म
  • काठमाडौं नेपालगन्जको २ रात ३ दिनको १४ हजार ९ सय ९९ देखि १० हजार ९ सय ९९ रुपैयाँसम्म
  • काठमाडौं जनकपुरको २ रात ३ दिनको १० हजार ९ सय ९९ देखि ६ हजार ९ सय ९९ रुपैयाँसम्म
  • काठमाडौं तुम्लिङटारको २ रात ३ दिनको १२ हजार ९ सय ९९ देखि ८ हजार ९ सय ९९ रुपैयाँसम्म

 यसै गरि बुद्ध एयरको बुद्ध होलिडेजले पनि प्याकेज सार्वजनिक गरेको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एक महिनाअघि नै आकर्षक पर्यटकीय प्याकेज सार्वजनिक गरेर बजारीकरण गरेको थियो ।

बुद्ध एयरले आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो।

दुई दिन तीन रातको प्याकेजमा पोखरा रु पाँच हजार ९९९ र चितवनका लागि रु सात हजार ९९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ।

यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो ।

प्रकाशित मिति: : 2020-09-23 21:23:25

प्रतिकृया दिनुहोस्