स्याङ्जाका दुई स्थानमा पहिरो: दुईको मृत्यु, ८ जना बेपत्ता

सांकेतिक तस्वीर

स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। यस्तै  ८ जना बेपत्ता भएका छन्। 

स्याङ्जाको वालिङ नगरपालिका १४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका हुन्।

तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन्।

पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-09-24 09:17:29

प्रतिकृया दिनुहोस्