ऊर्जामन्त्री पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएको छ।

आफ्ना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि असोज २ गतेदेखि मन्त्री पुन होम क्वारेन्टाइनमा बसेका थिए।

पीसीआर नेगेटिभ आएसँगै मन्त्री पुन मन्त्रालय जान थालेको उनका प्रेस संयोजक दयानिधि भट्टले  बताए।

प्रकाशित मिति: : 2020-09-24 14:47:34

प्रतिकृया दिनुहोस्