इटालियन क्लब ‘ए’सी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ।
मिलानले बिहीबार इब्राहिमोविचलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो।
मिलानले आज राति युरोपा लिगको तेस्रो चरणको छनोट अन्तर्गत नर्वेको क्लब बोडोविरुद्ध खेल्दै छ। सोही तयारीमा रहेका खेलाडीको स्वाब परीक्षण गर्दा ३८ वर्षीय इब्राहिमोविचलाई संक्रमण पुष्टि भएको हो।
टिमका अन्य खेलाडी र स्टाफलाई भने कोरोना नदेखिएको मिलानले जनाएको छ।
मिलानले बिहीबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘टिमका अरु सबै खेलाडी, प्रशिक्षण टोलीका सदस्य तथा कर्मचारीहरुको परीक्षण नतिजा नेगेटिभ आएको छ।’
यस्तै मिलानले स्विडेनका इब्राहिमोविच घरमै सेल्फ आइसोलेसनमा रहेको समेत जनाएको छ।