नेपाल विद्युत प्राधिकरण आज (शनिबार) दिउँसाे काठमाडौं उपत्यकाका ५ स्थानमा एक घण्टा विद्युत् बन्द गर्ने भएकाे छ।
लखनखेल वितरण केन्द्रलेले दिएको सूचनाअनुसार ललितपुरका ५ फिडरमा लोड स्थानान्तरण गर्नुपर्ने भएकाले मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उपत्यकाका ५ क्षेत्रमा बिजुली जाने भएको हो।
आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल २ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेकाे प्राधिकरणले जनाएकाे छ।
प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ।
शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ।