पहिलो खेलमा इन्टर मिलानको संघर्षपूर्ण जित

 इटालियन सिरी ए फुटबल अन्तरगत शनिबार राति भएकाे खेलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ।

घरेलु मैदानमा भएको खेलमा  मिलानले फियोरेन्टिनालाई ४–३ ले पराजित गरेको हो। 

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रा हाफमा मिलानले ३ तथा फियोरेन्टिनाले २ गोल गरेका हुन्।

Image

खेलकाे तेस्रो मिनेटमा नै फियोरेन्टिनाले अग्रता लिएकाे थियाे। उसका लागि कोउएमीको गोल गरेका थिए। 

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मिलान खेलमा फर्कियाे।  मार्तिनेजले गाेल गरेसँगै मिलान खेलमा फर्किएकाे हाे।

दोस्रो हाफमा फियोरेन्टिनाले लगातार दुई गाेल गर्‍याे भने दुई गाेल खायाे। ५२ औँ मिनेटमा फियोरेन्टिनाका चेचेरिनीले आत्मघाती गोल गरे। 

Image

५७ औँ मिनेटमा कास्ट्रोभिलीले गर्दै खेल २–२ मा पुर्‍याए। लगतै चिएसाले ६३ औँ मिनेटमा गोल गर्दै फियोरेन्टिनाकाे अग्रता ३–२ मा पुर्‍याए। 

तर, अति संघर्षपूर्ण कमब्याक गर्‍याे। मिलानका लागि रामेलु लुकाकुले ८७ औँ तथा डी एमब्रोसिओले ८९ औँ मिनेटमा गोल गर्दै ४–३ ले खेल जिताए। 

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा एट्लान्टाले तोरिनोलाई ४–२, लाजिओले काग्लिएरीलाई २–० तथा बेनेभेन्तोले साम्पडोरियालाई ३–२ ले पराजित गरेको छ।

प्रकाशित मिति: : 2020-09-27 06:57:49

प्रतिकृया दिनुहोस्