बारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो।

ठक्कर दिने बसका चालक हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-27 19:29:40

प्रतिकृया दिनुहोस्