अन्तिम समयमा सम्हालिन नसक्दा टोटनह्यामले बराबरीमा चित्त बुझायाे

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएकाे खेलमा टोटेनह्याम बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनह्यमले न्युकासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको हो।

२५औँ मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। उनले कप्तान ह्यारी केनको पासमा गोल गरेका थिए।

पहिलाे हाफ १–० काे अग्रता बनाएकाे टोटेनह्यम खेलकाे अन्तिम मिनेटमा सम्हालिन सकेन। 

इन्जुरी समयमा टोटेनह्यामका डिफेन्डर एरिक डायरले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि न्युकासलले पेनाल्टी पायाे।

उक्त पेनाल्टीलाई कलुम विल्सनले सदुपयाेग गर्दै न्युकासललाई हारबाट जोगाए।

न्युकासलसँगको बराबरीसँगै टोटेनह्यामले ३ खेलमा ४ अंक जोडेको छ। टोटेनह्याम तालिकाको सातौं स्थानमा छ।

यता न्युकासलको पनि समान अंक छ। न्युकासल नवौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-09-27 21:46:20

प्रतिकृया दिनुहोस्