सुनचाँदीको भाउ स्थिर

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९३ हजार ३ सय र तेजावी सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ। यो आइतबारकै भाउ हो। 

आइतबार सुन र चाँदीको भाउ क्रमशः ६ सय र १० रुपैयाँले घटेको थियो। महासंघका अनुसार चाँदीको भाउ तोलाको १ हजार १ सय ५० रुपैयाँ छ।

प्रकाशित मिति: : 2020-09-28 11:27:06

प्रतिकृया दिनुहोस्