लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा प्रहरीले लागुऔषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। 

जिल्ला अदालतले ०७५ साल पुष २९ गते ३ महिना कैद एक हजार जरिवाना ताेकेकाे जिल्ला पर्सा पकाहा मैनपुर गापा १ बस्ने नकछेद मेहताको छोरा वर्ष ४८ को रामनाथ मेहतालाई पक्राउ गरिएकाे हाे। 

उनलाई गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा नियन्त्रणमा लिइएकाे र  अदालत पठाउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
 

प्रकाशित मिति: : 2020-09-28 20:13:32

प्रतिकृया दिनुहोस्