मंगलबार सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको लागि दरभाउ

नेपाली बजारमा मंगलबार सुनचाँदीको दुबैको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको ९३ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १७५ रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबारका लागि छापावाला सुनको भाउ ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुनको ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो । यस्तै चाँदी तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनचाँदी दुबैको भाउ स्थीर थियो।

यसअघि आइतबार भने सुन तोलामा ६०० रुपैयाँ र चाँदीको तोलामा १० रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति: : 2020-09-29 13:17:37

प्रतिकृया दिनुहोस्