ऋचा र प्रमोदको ‘छाती चिरेर’

चर्चित गायक प्रमोद खरेलले ‘छाती चिरेर’ बोलको गीत सार्वजनिक गरेका छन्।  

हरि लम्सालको संगीत, प्रमोदकै शब्द रहेको यो गीतले मायाको तिर्सना बोलेको छ। 

गीतका शब्दमा प्रेम, वियोग, प्राप्त रचिएका छन्। 

निर्देशक दिपकप्रसाद आचार्य काकुको उत्कृष्ट निर्देशनमा गीतकाे भिडियो बनिएकाे छ। भिडियोमा गायक खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन्।

प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव भिडियोमा छ। भिडियोको क्लाइमेक्सले दर्शकलाई सरप्राइजमा राखेको छ।

चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको छ। 
 

प्रकाशित मिति: : 2020-09-29 14:05:28

प्रतिकृया दिनुहोस्