डियास म्यानचेस्टर सिटी आउने पक्का

इंग्लिस क्लब म्यानचेस्टर सिटी पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायसलाई भित्र्याउने भएको छ।

आइतबारमात्र बेन्फिकाले आफ्ना डिफेन्डर डियासलाई छाड्ने औपचारिक जानकारी गराएको हो। उनले सिटीमा मेडिकल परीक्षण गरिसकेका छन्। 

यद्यपी निकोलस ओटामेन्डीलाई उसको नयाँ क्लबले क्लियर गरेपछि मात्रै डायसको स्थानान्तरण हुनेछ। ओटामेन्डी १३७ मिलियन पाउन्डमा बेन्फिका जाने चर्चा छ।

त्यसैले सबै विषयमा सहमति भइसकेपनि ओटामेन्डीका कारण क्लबले डायसलाई सार्वजनिक गरेको छैन।

डियासले सिटीसँग औपचारिक रुपमा हस्ताक्षर गर्न बाँकी रहेको छ। २३ बर्षका कप्तान डायसले बेन्फिकाबाट १ सय ३३ खेलमा १२ गोल गरेका छन्।

सिटी उनलाई क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४ मिलियन पाउन्डमा चार वर्षको लागि अनुबन्ध गर्ने जनाएको छ। डायस सिटीमा अनुबन्ध भए उनी क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बन्नेछन्। 

यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट रोड्रीलाई ६३ मिलियन पाउन्ड खर्चेको थियो। 

डायसलाई अनुबन्ध गर्नको लागि म्यानचेस्टर सिटी, आर्सनल र युभेन्टसले पनि चासो देखाएका थिए। उमेर, प्रोफाइल र डिफेन्डरको गुणस्तरको हिसावे डायस क्लबका लागि फिट हुने प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन्।

प्रकाशित मिति: : 2020-09-29 14:36:09

प्रतिकृया दिनुहोस्