बोलेरोको ठक्करले मृत्यु

शिवसताक्षी नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।  

दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको  जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। 

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ। शव अहिले अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: : 2020-09-29 21:53:17

प्रतिकृया दिनुहोस्