चीनले कोरोना भ्याक्सिनको परीक्षण १२ देशमा गर्दै

एजेन्सी

बेइजिङ

चीनले कोरोना भ्याक्सिनको परीक्षण १२ भन्दा बढी देशमा गर्ने भएको छ। चीनमा हाल तीन वटा कोरोना भ्याक्सिन निर्माण कार्य भइरहेको छ। 

चीनको उहान शहरबाट फैलिएको कोरोनाका कारण अहिले विश्व आक्रान्त छ। कोरोनाकै कारण हालसम्म १० लाख बढी मानिसको निधन भइसकेको छ भने ३ करोड ३५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। 

यही वर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन बजारमा उतार्ने तयारीमा रहेको चीनले तेस्रो अर्थात फाइनल चरणको परीक्षण पेरु, अर्जेन्टिना, ब्राजिल, बहराइन, युनाईटेड अरब इमिरेट्स (युएई), इजिप्ट, पाकिस्तान, टर्की, मोरक्को, साउदी अरेबिया, बंगलादेश, इन्डोनेसिया र रुसमा गर्ने चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

चीनमा हालसम्म ८५ हजार मानिस संक्रमित भएका छन्। यसमा मर्नेको संख्या ४६ सय ३४ रहेको छ।


 

प्रकाशित मिति: : 2020-09-30 07:19:10

प्रतिकृया दिनुहोस्