अस्पतालको विषयलाई लिएर भ्रममा नपर्न ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिले अनुरोध गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै ग्राण्डी सिटीले विभिन्न सञ्चार माध्यमहरुमा अस्पताल मापदण्ड विपरीत सञ्चालन भइरहेको समाचार प्रसारण भैरहेको भन्दै भ्रामक नपर्न आग्रह गरेको हो।
‘ग्राण्डी इन्टरनेशनल हस्पिटल टोखा, काठमाडाैंको सहयोगार्थ सञ्चालन भएकोमा कान्तिपथ ज्योति भवनमा ग्राण्डी सिटी क्लिनिक एण्ड डायग्नोष्टिक सर्भिसेज प्रालि स्थापना गरि मध्यमाञ्चल स्वास्थ्य निर्देशनालय हेटौँडाको मिति २०७०–०८–२४ को पत्रबाट अनुमति लिई प्रत्येक आवको कर विवरण पेश गरि कर चुक्ता प्रमाणपत्र समेत प्राप्त गरि सेवा प्रवाह गर्दै आइरहेको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा छ।
यस्तै ग्राण्डी इन्टरनेशनल हस्पिटल, टोखाले छुट्टै अस्पतालको रुपमा सञ्चालन गर्नु भनि जानकारी गरे पश्चात क्लिनिकलाई अस्पतालको रुपमा स्तरोन्नति गरेको जनाइएको छ।
‘जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंको मिति २०७१/१२/२६ को पत्रबाट केही थप शर्तहरु पुरा गर्ने गरी स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति पाउनुको साथै आव २०७३/०७४ को लागि संस्था नविकरण अनुमति प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै अस्पतालले संस्था नविकरणको लागि शहरी विकाश तथा भवन निर्माण विभागको सिफारिस हुनुपर्ने व्यवस्था अनुरुप विभागबाट निरीक्षणको क्रममा स्वीकृत डिजाइन बमोजिम भवनको केही भागहरु रेट्रोफिट गरेको पनि जनाएको छ।
ज्योति भवन कान्तिपथ काठमाडौंमा रहेको उक्त अस्पताल सन् २०१३ देखि सञ्चालनमा छ।
अस्पतालमा आकस्मिक कक्ष, आईभीएफ फर्टिलाइजर क्लिनिक, इन पेसेन्ट, आउट पेसेन्ट, फिजियोथेरापी, अप्रेसन, प्याथोलोजी, फार्मेसी, हेल्थ स्क्रीनिङ सेन्टर, रेडियोलोजी, आईसीयू एचसीयु, एनआईसीयू विभागहरू रहेका छन्।
अस्पतालले थाईल्याण्ड, बैंककको परामर्शमा अन्तर्राष्ट्रियस्तरको सेवा दिरहेकाे छ।