डर्टमुन्डलाई हराउदै वायर्नले उचाल्याे सुपर कप च्याम्यियन

बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै वायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।

एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । 

वायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किम्मिचले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र एर्लिङ ब्राउट हालान्डले गोल गरेपनि हार टार्न सकेन ।

प्रकाशित मिति: : 2020-10-01 05:50:03

प्रतिकृया दिनुहोस्