दाङ प्रहरीले मोटरसाइकल चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ गरेकाे छ।
अदालतको फैसलापछि फरार रहेका घोराही उपमहानगरपालिका १६ निवासी २२ वर्षीय अज्ञात पन्थीलाई पक्राउ गरेको हाे।
पन्थीलाई दाङ देउखुरी अदालतले २०७६ साल कार्तिक १९ गते मोटरसाइकल चोरी मुद्धामा एक महिना कैद र ३० हजार नगद जरिवानाको फैसला सुनाएको थियो ।
फरार रहेका पन्थीलाई विहिवार दिउँसो घोराही उपमहानगरपालिका १६ को सर्राबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काले जानकारी दिए।
पक्राउ परेका प्रतिवादीलाई दाङ देउखुरी अदालतमा बुझाइएको प्रवक्ता खड्काले जानकारी दिए।