फाती र रोबर्टोकाे गोलमा बार्सिलोनाको सहज जित

बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमासथ सहज जित हात पारेको छ। 

एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० गोल अन्तरले पारजित गरेको हो। 

बार्सिलोनाकाे जितमा युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो।

११औँ मिनेटमै  फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले फिलिपे कौटिन्होको पासमा गोल गरे। 

४२औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए।

५१औँ मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता लियो। कप्तान लिओनल मेसीले प्रहार गरेको बल लुकास ओलाजालाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

५९औँ मिनेटमा मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। उनी अफसाइड पोजिसनमा देखिएका थिए।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए। 

जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक जोडेर बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ। पराजित सेल्टा ५ अंक जोडेर ११औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-02 06:27:36

प्रतिकृया दिनुहोस्