रौतहटको सदरमुकाम गौरस्थित महादेवपटि नजिक दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतिय नागरिक पक्राउ परेका छन्।
भारतको सितामढी बैरगनिया निवासी २० वर्षीय राजुकुमार कांहारलाई प्रहरीले गौर नगरपालिका २ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा पक्राउ गरेको हो।
शंका लागेर चेकजाँच गर्दा कांहारले घुँडामाथि रबडको सहायताले लुकाएर ल्याउन लागेको श्रोत नखुलेको १५ लाख बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले बताए।
भारतीय नागरिक रकमसहित नियन्त्रणमा रहेको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।