ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका ९ जोरबाटोस्थित भित्री सडकखण्डमा मालबहाक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ३४४३ नम्बरको ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ६ः ४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी ९ का २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको छ। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा झापाको बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार ट्रक चालक मोरङको रतुवामाई नगरपालिका १० का २४ वर्षीय रेवतप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। 

प्रकाशित मिति: : 2020-10-02 14:34:54

प्रतिकृया दिनुहोस्