नारायणी नदीको बीच भङ्गालोमा एक गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ।

नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रवार मृतावस्थामा गैँडा फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले बताए।

गैँडा एक/दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ।

पोस्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए।

उनका अनुसार गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ।

यसअघि गत भदौ २१ गते निकुञ्जमा एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको थियो। निकुञ्जमा चालु आर्थिक वर्षमा मात्र चार गैँडाको मृत्यु भइसकेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-10-02 19:50:53

प्रतिकृया दिनुहोस्