राजकुमार खलिफासले लोबुचे हिमालको चुचुराेमा फहराए बहराइनको झण्डा

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ।

 शनिबार बिहान ८ बजेर ५० मिनेटमा नेपाल भ्रमणमा रहेको राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा पुगेको हो। 

उक्त अवसरमा उनीहरुले बहराइनको झण्डा समेत फहराइएका थिए। खलिफाले अब गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन्।

उक्त टोलीले अक्टोबर १५ देखि २० भित्र मनास्लु आरोहण गर्ने अहिले मनास्लु आधारशिविरमै रहेका सेभेन समिटका निर्देशक दावाले बताए।

लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ।

हिमाल आरोहणका लागि भदौ ३१ गते काठमाडौं आएको राजकुमार खलिफासहितको १५ सदस्यीय टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको थियो।

बहराइनबाट आरोहणका लागि १८ जनाको टोली आएको थियो। सन् २०२० लागेयता नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो।

प्रकाशित मिति: : 2020-10-03 14:27:40

प्रतिकृया दिनुहोस्