धनुषामा पाँच वर्षीय सालोलाई अप्राकृतिक करणी गरी हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन्।
धनुषाधाम नगरपालिका ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने सबैला नगरपालिका ७ मठिहन बस्ने २२ वर्षीय भिनाजु रामबहादुर सदा प्रहरीले पक्राउ गरेको हो।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार बालक बिहीबार दिउँसो करिब १२ बजेदेखि हराएका थिए।
‘सुचना आउनेबित्तिकै प्रहरी खोजतलास लागेकाे थियाे। यसै क्रममा भोलिपल्ट दिउँसो किशानपुरस्थित कृषि ईट्टा उद्योगको परिसरभित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा मृत्य भेटिएको हो,’ उनले भने।
कालको शव पात पतिङगरले छोपिएको अवस्थामा शव फेला परेको उनले बताए।
घटना पश्चात इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षकको कमाण्डमा खटि गएको टोलीले बालकको शवको मुचुल्का उठाएका छ।
प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न २२ वर्षीय भिनाजुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता मिश्रले बताए।
पक्राउ परेका सदाले सालो नाता पर्ने रुपेशलाई विस्कुट, चकलेटको प्रलोभन देखाइ माछा मार्न भनेर साथमा लगेर अप्राकृतिक करणी गरेको देखिएको उनले बताए।
‘अप्राकृतिक करणी गरिरहेको अवस्थामा बालक बेहोस भएपछि रामबहादुरले बालकले लगाएको कन्दनीले घाँटी कसी हत्या गरेको हुनसक्ने देखिएको छ,’ प्रवक्ता मिश्रले बताए।
रामबहादुरलाई हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।