फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकर एडिन्सन काभानी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन्।
पीएसजीसँगको सम्झौता सकिएसँगै उनी हाल फ्रि एजेन्ट रहेका छन्। उनी म्यानचेस्टर युनाइटेड जाने खबर लगातार बाहिर आएको थियो।
काभानी अनुबन्धन प्रक्रियाका लागि आइतबार इंग्ल्याण्डका लागि उड्ने छन्।
यद्यपी युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले उनलाई अनुबन्ध गर्ने वा नगर्ने दोधारमा छन्।
गनरले युवा खेलाडीलाई प्राथमिकतामा राखेका कारण उनलाई अनुबन्ध गर्न नसक्ने केही समिक्षकहरुले बताएका छन्।
३३ वर्षका उरुग्वेका खेलाडी काभानीको अनुबन्धन सम्झौता कहिले र कतिसम्म हाे भन्ने पनि खुलेकाे छैन।
तर, उनी युनाइटेडमा जोडिने सम्भावना बलियो रहेको जनाइएकाे छ।
यस सिजन च्याम्पियन्स लिगमा पनि बलियो खेल प्रदर्शन गर्ने तयारी भएका कारण पनि युनाइटेड उनलाई भित्र्याउन चाहन्छ।
जुन अन्त्यसँगै काभानी पीएसजीबाट सम्झौता बिहीन भएका थिए। उनको नेयमारसँग कुरा नमिले पछि सम्झैता नविकरण नगरिएकाे बुझिएकाे छ।