फेसबुकमार्फत बुहारीलाई अश्लील गाली गर्ने पूर्वडिएसपीलाई ५० हजार जरिवाना

पीडितलाई क्षतिपुर्ति भराउने आदेश

नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई साईबर अपराध मुद्दामा अदालतले ५० हजार जरीवाना हुने फैसला गरेको छ। खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी बुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएपछि ०७५ असोजमा महानगरीय अपराध महाशाखाले उनलाई पक्रेको थियो । भाईबुहारी समुना खड्काले उनीबिरुद्ध जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेका हुन्। खड्का नेपालञ्ज उप–महानगरपालिका–१३ का स्थानीय हुन्।

विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन–०३३ को दफा ४७ (१) विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ ।

०७५ असोज ७ मा पक्राउ परेका खड्का असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए । खड्का र उनको भाई–बुहारीको बीचमा अंश मुद्दा पनि चलिरहेको छ ।

प्रकाशित मिति: : 2020-10-04 12:28:23

प्रतिकृया दिनुहोस्