घरेलु मैदानमा बराबरीमा राेकियाे बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनालाई सेभिल्लाले बराबरीमा रोकेको छ। 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोना सेभिल्लासँग १–१ को बराबरीमा रोकिएको हो। 

खेलको आठौँ मिनेटमा लूक डी जोङ्गले गोल गरदै सेभिल्लालाई सुरुवाति अग्रता दिलाएका थिए।

तर, त्यसको दुघ मिनेट पछाडी नै फिलिप कोन्टिन्होले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन। 

बराबरीसँगै ३ खेलबाट सात अंकसहित बार्सिलोना र सेभिल्ला क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्।

अन्य खेलको नतिजा

लिग अन्तर्गत आइतबार रातिनै भएका अन्य खेलमा ओसासुनाले सेल्टा डी भिगोलाई २–० र एलाभेसले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेको छ। 

यस्तै काडिज र ग्रानाडाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रकाशित मिति: : 2020-10-05 06:40:28

प्रतिकृया दिनुहोस्