विराटनगरको विराटनर्सिङ होमबाट हाम्फालेका बिरामीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेर रेहका छन्।
अस्पतालका अनुसार आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले आज (सोमबार)बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको थिए।
एसपी खड्काका अनुसार हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो।
तर उपचारकै क्रममा उनकाे ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए।
उनका अनुसार गजमेर फोक्सोमा गम्भीर समस्या देखिएपछि १७ असोजमा अस्पताल भर्ना भएका थिए। चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो।
मृत्यु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान थालिएको उनले बताए।