गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
आइतबार राति गुल्मीदरबार गाउँपालिका १ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएकाे थियाे।
दुर्घटनामा गुल्मीदरबार १ का १६ वर्षिय धनबहादुर माझीको मृत्यु भएकाे छ भने कपिलवस्तु घर भएका ३० वर्षीय चालक रेशम ताम्राकार र गुल्मीदरबार १ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाइते भएका छन्।
घाइते २ जनाकै मजुवास्थित सारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।