चाेटले पिराेलिएका कोस्टा पुनः वायर्न म्युनिख फर्किए

ब्राजिलियन विंगर डग्लस कोस्टा पुनः जर्मन क्लब वायर्न म्युनिख फर्किएका छन्। 

इटालियन क्लब युभेन्ट्सका ३० वर्षीय कोस्टा दुई वर्षपछि जर्मन क्लबमा फर्किएका हुन्।

वायर्नले कोस्टालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेको जनाएको छ।

कोस्टा २०१७ मा लोनमा इटालियन क्लब युभेन्टस पुगेका थिए।

त्यसको अर्को सिजन युभेन्ट्सले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो।

तर, चोटका कारण कोस्टाले सोचुअनुरुपको प्रदर्शन गर्न सकेनन्। 

वायर्नमा अनुबन्ध भएसँगै कोस्टाले भने, ‘वायर्नबाट पुनः खेल्न पाउँदा म धेरै खुशी छु।’

कोस्टाले युभेन्ट्सका लागि उनले १ सय ३ खेलमा १० गोल गरेका छन्।

उनले यो सिजन पनि युभेन्टसबाट दुई खेल खेलिसकेका छन्। 

उनले दुई सिजनमा ५४ खेल खेल्दा मात्रै ४ गोल गर्न सफल भएका थिए।

गत सिजन उनले युभेन्टसका लागि २९ खेल खेल्दै ३ गोल गर्दा ७ असिस्ट दिएका थिए।

२०१५ मा युक्रेनी क्लब साख्तर डोनेक्सबाट वायर्न आएका थिए।

उनले वायर्नमा तीन सिजन बिताउदा ७७ खेलमा १४ गोल गरेका थिए।

२०१४ देखि ब्राजिलको राष्ट्रिय टोलीमा रहेका कोस्टाले ३१ खेलमा ३ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन्।
 

प्रकाशित मिति: : 2020-10-06 07:09:42

प्रतिकृया दिनुहोस्