अक्सिजन लेभल कम भएकै अवस्थामा दिइयाे ट्रम्पलाई डिस्चार्ज, चुनाव प्रचारमा छिट्टै फर्किने घाेषणा

बिएल संवाददाता

न्युयाेर्क

कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार साँझ डिस्चार्ज भएका छन्।

वासिङ्टनस्थित  वाल्टर रीड मिलिटरी मेडिकल सेन्टर अस्पतालको तीन दिनको बसाइपछि उनी आफ्नो सरकारीनिवास ह्वाइट हाउसमा फिर्ता पठाइएको हो।

अनुसार ट्रम्पलाई ज्वरो आएको छ। उनले थकान महसुस गरेको र स्वास लिन केही गाह्रो भइरहेको जनाइएको छ। 

‘उहाँ पूरै निको भइसक्नु भएको छैनन्। तर, घरमा जान हुनेसम्म सुरक्षित देखिएकोले हामीले डिस्चार्ज दिएका हौं,’ उपचारमा संलग्न डा शन कोन्ली भने। 

ट्रम्पलाई कम्तीमा एकपटक अक्सिजनको सपोर्ट दिइएको छ। उनलाई स्टेरोइड पनि दिन थालिएको छ। स्टेरोइड कोरोना भाइरसबाट संक्रमित भइ गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीलाई दिइन्छ।

यस्तै उनलाई रेमडेसिभिसहितका औषधि दिइएको छ। तर, अक्सिजन लेभल कम रहेको बताइन्छ।

अस्पतालबाट निस्कनुअघि ट्रम्पले ट्विट आफू छिट्टै चुनाव प्रचारमा लाग्नेबताएका थिए।

उनलेले खेका छन्, ‘अब छिट्टै चुनाव प्रचार सुरु गर्छु।’

उनी हिजो गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका थिए। गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए।

सामाजिक दूरीको समेत विरोध गर्दै आएका ट्रम्प गाडी चलाउनेहरुको सुरक्षा तथा संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भन्दै उनको गतिविधिको आलोचना भइरहेको छ।

७४ वर्षका ट्रम्पले लगातार कोरोना भाइरसलाई गम्भीर रुपमा लिएका थिएनन्। उनले कोरोना भाइरसलाई समान्य फ्लू जस्तो भन्दै आएका थिए। तर, ट्रम्पले सोमबार भाइरसबारे आफूले धेरै जानकारी पाएको बताए। उनले भिडियो सन्देशमा आफूले भाइरसबारे धेरै थाहा पाएको बताएका थिए।

अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ। चुनावको मुखैमा आएर ट्रम्पमा संक्रमण पुष्टि भएको छ। क्वारेन्टाइनले दोस्रो राष्ट्रपतीय बहसलाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। निर्वाचनअघि राष्ट्रपतिका उम्मेदवारले डिबेटमा भाग लिने परम्परा १६४ वर्ष पुरानो हो। 

दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टुबर र तेस्रो २२ अक्टुबरलाई तय गरिएको छ। 

आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन्।
 

याे पनि 

 

काेराेना संक्रमित ट्रम्पको अर्को विवादास्पद कार्य, अस्पतालबाट बाहिर आएर समर्थकलाई गरे अभिवादन

ट्रम्पको स्वास्थ्य अवस्था र अमेरिकी चुनावको भविष्य?

प्रतिस्पर्धी बाइडेन र उत्तर कोरियाका नेता किमद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना

बाइडेन दम्पतीको कोरोना टेस्ट नेगेटिभ

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

सल्लाहकारलाई संक्रमण भएपछि ट्रम्पको कोरोना परीक्षण

‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की:ट्रम्पले भने–वाइडेन राष्ट्रपति भएको भए २ करोड मान्छे मारिन्थेँ, वाइडेनले भने– सटअप!

प्रकाशित मिति: : 2020-10-06 07:34:38

प्रतिकृया दिनुहोस्