
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस संक्रमण भएको छ। राष्ट्रपति ट्रम्पले बिहीबार राति सल्लाहकारको रिपोर्ट पोजेटिभ आएपछि आफ्नो समेत कोरोना परीक्षण गराएको जानकारी दिएका छन्।
राष्ट्रपति ट्रम्पले श्रीमती मेलानियाको समेत बिहीबार बेलुकी कोरोना परीक्षण गराएको बताएका हुन्। ‘उनी मास्क प्रयोग गरिरहेकै हुन्थिन् तैपनि कोरोना पोजेटिभ आएको छ’, ट्रम्पले फक्स न्यूजसँग भनेका छन्, ‘त्यसपछि मेरो परीक्षण गराएँ। किनकी हामीले थुप्रै समय सँगै काम गरेका छौँ।’
राष्ट्रपति ट्रम्पले आफूहरू क्वारेन्टिनमा बस्ने नबस्नेबारे आफूलाई थाहा नभएको बताए। ‘परीक्षण गराएको छु, रिपोर्ट कस्तो आउँछ हेरौँला’ उनले भनेका छन्।
सीएनएनका अनुसार पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै स्थानमा राष्ट्रपतीय चुनावी बहसका कार्यक्रममा हिँडेकी छिन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया