बाइडेन दम्पतीको कोरोना टेस्ट नेगेटिभ

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र उनकी पत्नी जिल बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

बाइडेन दम्पतीको शुक्रबार साँझ कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

त्यस्तै डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसमा पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

यसअघि शुक्रबार बिहान अमेरिकी राष्ट्रपति  डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यसको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका थिए। 

प्रकाशित मिति: : 2020-10-03 06:37:31

प्रतिकृया दिनुहोस्