विनय कार्कीको ‘तिम्रै लागि’ गीत सार्वजनिक

विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ ।  सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । 

गायक, सङ्गीतकार  एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि हुन् ।  

सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ ।

छायाङ्कन वीरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गरेका हुन्। 

प्रकाशित मिति: : 2020-10-06 11:47:31

प्रतिकृया दिनुहोस्