रसायन तथा मेडिकल आपूर्ति संघको प्रदेश २, मुख्य कार्यालय पर्साले एम्बुलेन्स चालक, सुत्केरी, बिरामी तथा पत्रकारलाई स्वास्थ सुरक्षार्थ सामग्री वितरण गरेको छ ।
संघको १६ औँ स्थापना दिवसको अवसरमा मंगलबार नारायणी अस्पतालका एम्बुलेन्स चालक, प्रसुति गृहका गर्भवती तथा सुत्केरी, बालबालिका बिरामी लगायत सञ्चारकर्मीहरुलाई स्वास्थ सुरक्षार्थ सामाग्री लगायत फलफुल वितरण गरेको हो।
विश्व व्यापिरुपमा फैलिएको कोरोनाको महामारीको समयमा अग्रपंक्तिमा खटिने एम्बुलेन्स चालक तथा सञ्चारकर्मीलाई प्रोत्साहन स्वरुप एन ९५ मास्क, सर्जिकल मास्क, सेनिटाइजर, ग्लब्स, पीपीइ, फेस सिल्ड लगायतका सामग्री वितरण गरिएको संघका संयोजक साकेत भंगरले जानकारी दिए।
त्यसैगरी संघले स्थापना दिवसको अवसरमा नारायणी प्रसुति गृहमा रहेकी सुत्केरी महिला बाल गृहका बालबालिका तथा अस्पतालमा अपचारारर्थ असहाय गरिब विरामीहरुलाई फुट कभर , सेनिटाइजर, मास्क, सेनिटरी प्याड, फलफुल लगायतका सामग्री वितरण गरिएको संघका सदस्य शिव गुप्ताले बताए।
सो कार्यक्रममा संघका सदस्य दिपक अग्रवाल, रामहरि तिवारी, सुमित क्याल, प्रमोद साह, प्रविन झा प्रशान्त शर्मा, सुरेश साह प्रवेश चौधरी , अमित कर्ण लगायतको सहभागिता रहेको थियो ।