चौबीस दिनदेखि अनशनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
अक्सिजन दिइए पनि उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन्। उनको रक्तचाप घटेर ७०/५० मा पुगेको छ।
उनको उपचारमा संलग्न चिकित्सक डा. सुवासप्रसाद आचार्य अनुसार रक्तचापको स्थिति यो अवस्थामा पुग्नु एकदमै जटिल हो।
आफूहरुले डा. केसीलाई आईसियूमा सार्ने तयारी गरे पनि उनले आईसियूमा जान नमानेको बताए।
डा. केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको, सुगरको मात्रा पनि कम भएको र पोटासियमलगायतका अत्यावश्यकतत्व पनि कम देखिएको छ।
मंगलबार नेकपा सचिवालयले तत्कालका लागि अनशन अन्त्य गर्न आग्रह गरे पनि माग पूरा सम्बन्धमा कुनै निर्णय गरेको छैन।
डा. केसी पनि पुराना सम्झौता र हालका माग पूरा नभएसमम यसपटक अनशन नतोड्ने अडानमा छन्।