प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राई रहेका छन्।
प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेर फरार भएका थिए। उजुरी परेपछि सुनसरी प्रहरीको समन्वयमा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राईलाई बुधबार उपस्थित गराई आवश्यक अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।