सन् २०२२ को लागि डिभीको फाराम खुल्यो

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाकाे आवेदन फाराम खुलेको छ। 

नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि डिभीको आवेदन फाराम खुलेकाे  अमेरिकी दूतावासले जनाएकाे छ।

यस पटक डिभी भरेर छनाेट हुनेहरुले सन् २०२२ मा अमेरिका जान पाउने छन्।

दूतवासका अनुसार आउँदो कात्तिक २० गते राति पौने ११ बजेभित्र फाराम भर्न सकिने छ।

फाराम भर्नका लागि आधिकारीक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ। तर, डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। 

प्रकाशित मिति: : 2020-10-07 20:03:57

प्रतिकृया दिनुहोस्