कृषि विकास बैंकले ठूलो संख्यामा जागिर खुलायाे

कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा जागिर खुलाएको छ।

आज गोरखापत्रमा सूचना निकालेर बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट कूल ३२६ जना कर्मचारीका लागि जागिर खुलाएको हाे।

वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ।

माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ।

प्रकाशित मिति: : 2021-01-22 08:23:00

प्रतिकृया दिनुहोस्