अमेरिकाले देश निकाला गरेका ८ नेपाली स्वदेश आइपुगे

बिएल संवाददाता

काठमाडाै‌ं

अवैध मार्ग हुँदै अमेरिका छिरेका ८ जना नेपालीलाई स्वदेश फिर्ता गरिएको छ।

अमेरिकी सरकारले विमान चार्टर गरेर बुधबार ८ जना नेपालीलाई नेपाल ‘डिपोर्ट’ गरेको हो। 

डिपोट गरिएका नेपालीलाई छाड्न अमेरिकी सुरक्षाकर्मीहरु आफै नेपाल आएका थिए। अमेरिकाले नेपाल फर्काएका ८ जनालाई सामान्य सोधपुछपछि प्रहरीले घर पठाएको छ। 

‘नेपाल फर्काइका बारेमा हामीलाई अन्य जानकारी भएन। उहाँहरु आफ्नो आफ्ना घर जानुभएका छन्’, विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बास्तोलाले बिएल नेपाली  सेवासँग भने।

प्रकाशित मिति: : 2021-01-13 16:11:00

प्रतिकृया दिनुहोस्