बिएल संवाददाता
धेरै प्रेमीहरु एकअर्कालाई खुब माया गर्छन्। तर, केही मानिसहरु यस्ता हुन्छन् जो आफ्नो प्रेम भित्रको कमजोरीलाई शक्तिमा बदल्छन्।
प्रेमी र प्रमिकाबीच थुप्रै रोचक दृश्यसँगै, भारतको देहरादुनका २१ वर्षे दिव्यन्शु बत्राको फरक कथा बन्यो।
दिव्यन्शु लकडाउनको समयमा एक्लोपनाको महसुस गरिरहेका थिए। मनका पीडा अनेक हुँदा, उनी तनावमा हुन्थे। र, दिव्यन्शुसँगै यो हरेक प्रेम गर्ने असफल जोडीहरुको कथा हो।
हाईस्कूल पढ्दा सुरु भएको एउटा प्रेम कथा कोरोना महामारी जारी रहेकै बखत ब्रेकअपमा परिणत भयो। लामो प्रेम सम्बन्धको ब्रेकअप पीडाले दिव्यन्शुको मन र मस्तिष्क छियाछिया भयो। हाँसीहाँसी बाँचिरहेको उनीको दैनिकी लकडाउनमा एक्कासी फेरियो।
प्रेमीकासँगको पातलो भेटघाट र पूर्ण लकडाउनले युवा जीवनमा दुःख नै दुःख थपिदिएको उनको अनुभव छ।
दिव्यन्शु करिब ६ महिना मुस्किलले बाँचे। उनी भन्छन्,‘हर समय अप्ठेरो समय थियो। तर, पनि उसलाई भुल्ने कोशिश जारी थियो।’
त्योबेलागीत र पब्जीमै रमाइरहेका हुन्थेउनी। एकदिन अचानक मन फेरियो र व्यापार गर्ने मनसाय बनाए।
दिव्यन्शु अतित भुल्ने प्रयासमा लागे। र, सोच पलायो आकर्षक नामको क्याफे खोल्ने ! दिव्यन्शुले देहरादुनको बजार छेउमै क्याफे खोले र नाम राखे ‘दिल टूट आशिक चाय वाला’।
जहाँ टुटेको हृदयको कथा सुनेर मानिसहरु, मनदेखि मनहरु जोड्न सकुन्।
दिव्यन्शुले भने, ‘आमाले मलाई समर्थन गर्नुहुन्छ। तर बाबा क्याफेको नाममा खुशी हुनुहुन्थेन।’
जब क्याफे धाउने मानिसहरु त्यहाँको प्रशंसा गर्न थाले, तब बुबासमेत खुशी हुन थालेको उनी सुनाउँछन्।
क्याफे र नामबारे दिव्यन्शु भन्छन्, ‘क्याफेमा आउने मानिसहरुलाई ब्रेकअप कथाहरू बाँड्न चाहन्छु। ताकि उनीहरूलाई त्यो दुस्खबाट मुक्त हुन मद्दत पुगोस्। म नामबारे खुशी छु, किनभने मानिसहरू क्याफेको नाम हेर्न आउँछन्। र, भन्छन् भाई ब्रेकअप कथाहरू सुनौं न!’
दिव्यंशु अहिले आफ्नो कान्छो भाई राहुल बत्रासँग क्याफेमा काम गरिरहेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया