पोर्चुगल र स्पेनकाे खेल गोलरहित बराबरीमा टुगिंयाे

युइएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेको छ। 

बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगललाई दवावमा राखेपनि स्पेनले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो।

यी दुई टोली २०१८ पछि पहिलोपटक प्रतिस्पर्धा गरेको हो। रसियामा १५ जुन २०१८ मा भएको विश्वकपको समूह चरणमा यी दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए।

मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको पोर्चुगलले तेस्रो राउन्डमा विश्वविजेता फ्रान्ससँग १२ अक्टोवर र १५ अक्टोवरमा स्वीडेनसँग खेल्दैछ। 

समूहमा पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ।

यता, नेसन्स लिगको नेसन्स लिगको ‘ए’ को ४ मा रहेको स्पेनले ११ अक्टोबार स्वीट्जरल्यान्डसँग तथा १४ अक्टोवरमा युक्रेनसँग खेल्ने तालिका छ। समूहमा स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ। युक्रेनको ३ तथा जर्मनीको २ अंक छ। १ अंक जोडेको स्वीट्जरल्यान्ड पुछारमा छ।

प्रकाशित मिति: : 2020-10-08 06:13:57

प्रतिकृया दिनुहोस्