दाङमा सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका १५ निवासी शिक्षक रामकुमार रानालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सिद्धार्थ बोर्डिङ्ग स्कुलमा कार्यरत ती शिक्षकले आफ्नै विद्यालयकी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
शिक्षिकाको उजुरीका आधारमा रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान सुरु भएको एसपी गणेश चन्दले जानकारी दिए।