नारायणीमा गैँडा मृत फेला

नारायणी नदीमा एउटा गैँडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैँडा मृत फेला परेको हो ।

डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए।

निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको रामले बताए । पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीनवटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैँडा मृत भेटिएका छन् ।

प्रकाशित मिति: : 2020-10-08 09:04:47

प्रतिकृया दिनुहोस्