सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच साढे १० बजे वार्ता

२५ दिनदेखि अनशनमा रहेका प्रा.डा. गोविन्द केसीसँग बिहीबारबाट सरकारले औपचारिक वार्ता सुरु गरेको छ। बुधबार वार्ता टोली गठन गरेको सरकारले बिहीबारबाट डा. केसीसँग वार्ता थालेको हो । 

डा. केसीका सहयोगी प्रितम सुवेदीका अहिले साढे १० बजे शिक्षा मन्त्रालयमा वार्ताका सुरु हुँदैछ । बुधबार सरकारले गठन गरेको वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच पहिलो पटक औपचारिक वार्ता हुन लागेको हो । 

बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। 

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्। 

सरकारले वार्ता टोली गठन गरे लगत्तै डा. केसीको तर्फबाट वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ। केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको हो। 

डा. केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन्। 

भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।  स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।  

 

 

प्रकाशित मिति: : 2020-10-08 10:24:45

प्रतिकृया दिनुहोस्