अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सलाई ३-० गाेल अन्तरले पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले डेब्यू खेलकाे २६औँ मिनेटमै गोल गरे ।
उक्त गोलका लागि ज्याक ग्रेलिशले सहयोग गरेका हुन् ।
५३औँ मिनेटमा कनर कोडी इंग्ल्याण्डकाे अग्रता दाेब्बर बनाए।
यस्तै ६३औँ मिनेटमा ड्यानी इनग्सले गोल गर्दै इंग्ल्याण्डलनई ३–० काे शानदार जित दिलाए।
नेसन्स लिग ‘ए’ २ मा रहेको इंग्ल्यान्डले ११ अक्टोवरमा बेल्जियमको तथा १५ अक्टोवरमा डेनमार्कको सामना गर्नेछ।
यस्तै लिग ‘बी’ को ४ मा रहेको वेल्सले ११ अक्टोवरमा आयरल्यान्डको तथा १५ अक्टोवरमा बुल्गेरियासँग खेल्दैछ।
बिहीबार राति नै भएका खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २-१ ले पराजित गरे।
यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १-१ को बराबरी खेलेका छन्।